राजनीति


बाँके घटनाबारे सञ्चारमन्त्री भन्छन्ः हामीले जे भन्यौं त्यही सही भन्ने शैलीलाई सरकारले विश्वास गर्दैन

बाँके घटनाबारे सञ्चारमन्त्री भन्छन्ः हामीले जे भन्यौं त्यही सही भन्ने शैलीलाई सरकारले विश्वास गर्दैन

नेपालखबर
असोज २, २०७६ बिहिबार ११:४४,

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले बाँके घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन्।

बिहीबार मन्त्रालयमा सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले अनुसन्धान र छानविनपछि दोषी किटान भए सरकारले कारबाही गर्ने प्रस्ट पारे।

प्रमुख प्रतिपक्षी दलले लगाएका आरोपकै आधारमा दोषी किटान गरिएका व्यक्तिहलाई पक्रेर कारबाही गर्न नसकिने उनको भनाइ थियो।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले बाँकेको खजुरामा आयोजित जागणसभामा नेकपाका कार्यकर्ताले आक्रमण गरेको भन्दै नेकपाबाट निर्वाचित वडाध्यक्ष सुमन मल्लसहित केही व्यक्तिविरुद्ध किटानी जाहेरी दिएको छ। कांग्रेसले ज्यान मुद्दामा मल्लाई पक्राउ गरी कारबाही गर्न माग गर्दै संसद समेत अवरोध गर्दै आएको छ। सो घटनामा जिल्ला सभापति किरण कोइरालाको हात भाँचिए भन्दै कांग्रेस सभापति देउवाले बिहीबारै संसद बैठकमा दोषीलाई कारबाही नगरेसम्म संसद अगाडि बढ्न नसक्ने चेतावनी दिएका थिए।

मन्त्री बाँस्कोटाले प्रहरीले घटनाबारे छानबिन गरिरहेको बताउँदै दोषी किटान भए कारबाही गर्न सरकार पछि नहट्ने बताए।

‘हात भाँचएको हो भने कानून बमोजिम कारबाही हुनुपर्छ। कसले भाँचेको हो त्यो छानबिन गर्नुपर्छ’, उनले भने, ‘छानबिन गर्न दिनु अघिनै फैसला गर्ने, हामीले जे भन्यौं त्यहि सही हो भन्ने शैलीलाई सरकारले विश्वास गर्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad