कला


पाकिस्तानमा गीत गाएर आलोचित बनेका मिक्का सिंहले मागे माफी

पाकिस्तानमा गीत गाएर आलोचित बनेका मिक्का सिंहले मागे माफी

नेपालखबर
भदौ २, २०७६ सोमबार १०:३६,

भारत र पाकिस्तान तनावको अवस्थामा रहेका बेला मिकाले पाकिस्तानमा गएर हालै गीत गाएपछि मिकाको भारतमा चर्को आलोचना भएको थियो।

मिकालाई भारतमा गाउन प्रतिबन्ध गरिनु पर्ने मागसमेत उठेको छ। मिकाले भारतीय स्रोताको मन दुखाएपछि माफी मागेका छन्।

मिकाले चिठ्ठी लेखेरै माफी मागेको जनाइएको छ। उनले आफूलाई भारतमा प्रतिबन्ध गर्न नहुने चिठ्ठीमा लेखेको जनाएको छ।

हाल भारत र पाकिस्तान भारत प्रशासित कस्मिरको विषयलाई लिएर तनावमा छन्। यसअघि पाकिस्तानस्थित आतंकवादी संगठनले भारतमा आक्रमण गर्दा ४० भारतीय सेनाको मृत्यु भएको थियो।

गत फेब्रुअरीमा भएको आक्रमणपछि पाकिस्तानका चर्चित गायक राहत फते अलिखान र आतिफ अस्लमलाई भारतमा गीत गाउन प्रतिबन्ध लगाइएको छ।

Image result for mika singh

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad