कारोबार


ओपो र बार्सिलोनाद्वारा सफल पार्टनरशिप नविकरण

ओपो र बार्सिलोनाद्वारा सफल पार्टनरशिप नविकरण

नेपालखबर
भदौ २, २०७६ सोमबार १०:४१,

वैश्विकरुपमै अग्रणाी स्मार्टफोन ब्राण्ड ओपोले एफसी बार्सिलोनासंग आफ्नो तीन बर्षिय पार्टनरशिप नविकरण गरेको छ। यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १०एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ। 

यो नविकरणसँगै चिनियाँ र यूरोपियली फुटबल क्लब बीच भएका सहकार्य मध्यकै सर्वाधिक लामो चार बर्षिय सफल गठबन्धनलाई पूनः निरन्तरता मिलेको छ। ‘एफसी बार्सिलोनासंगको सहकार्य अझ अघि बढाउन पाउँदा हामी गौरवान्वित छौँ। यो सहकायले दुबैको परिचयलाई ‘बारका’ किन क्लब भन्दा बढी र ओपोको परिचय स्मार्टफोन कम्पनीभन्दा किन बढी भन्ने प्रष्ट्याउन सघाएको छ।’ ओपोका ओभरसिज बिजनेस अध्यक्ष तथा ग्लोबल उपाध्यक्ष एलेन वुले भने,‘बजार विस्तार सँगै ओपोका लागि स्पेन र यूरोपेली बजार अभिन्न क्षेत्रका रुपमा स्थापित भइसकेको छ। आफ्नो दरिलो उपस्थितीका लागि उपभोक्तासंग राम्रो सम्बन्ध स्थापित गर्नुपर्ने आवश्यकताबारे पनि हामी विशेष सचेत छौँ। यसैका लागि आज हामीले चमत्कारिक रंग गार्नेट र ब्ल्यू फरफराएका हौँ।’

 नयाँ अध्यायको थालनी
नविकरण गरिएको पार्टनरशिपमा ईन–स्टेडियम सिग्नेज, ट्रेनिङ क्याम्प्स, फ्यानहरुका लागि वर्कशप, रचनात्मक अनलाइन र अफलाइन फ्यान ईन्गेजमेन्ट क्रियाकलाप लगायत समाविष्ट छन्। अध्यावधिक गरिएको यो सहकार्यले ओपो–एफसी बार्सिलोनाको कथामा नयाँ अध्यायको थालनी गर्नेछ।

पार्टनरशिपमा समाविष्ट यी कुराहरुले ‘बारका’ फ्यान्सलाई क्लब र ओपोका उत्पादनको नजिक ल्याउँदै समुदायलाई अझ सुदृद्ध बनाउन प्रेरणा प्रदान गर्ने तथा प्याशन, रचनात्मकता, नवप्रबर्तन र उत्कृष्टता प्रतिको हाम्रो मान्यतामा अडिग रहन समेत सघाव पुग्ने हाम्रो विश्वास छ’,ओपोका ग्लोबल मार्केटिङ डिरेक्टर डेरेक सनले भने। निरन्तरता दिइएको पार्टनरशिपले दुबै संस्थाका पारस्परिक दर्शनहरुलाई थप स्पष्ट बनाइदिएको छ।

जसरी ‘सुन्दर खेलप्रति’ बार्सिलोनाको प्यासनले फुटबललाई कलामा परिनत गर्यो त्यसरी नै ओपोले पनि अद्वितिय प्रविधि सुसज्जित फोनको माध्यमबाट उपभोक्ताको जीवनमा सुन्दरताको प्रवेश गराउँदै सृजनशिलता भित्राउने लक्ष्य लिएको छ। कम्पनीको ५जी र एआई क्षेत्रमा प्राविधिक नवप्रबर्तन र रिसर्च क्षमता बृद्धिका लागि ओपोले विश्वभर ईन्स्टिच्यूट खोल्ने क्रम जारी राखेको छ। साथै, ‘बारका’ ईन्नोभेसन हबका माध्यमबाट फुटबल मैदानमा नयाँ प्रविधिहरुको प्रयोगका बारेमा अनुसन्धान गरिरहेको छ। यसले दूबै पार्टनरहरुको नवप्रबर्तन र उत्कृष्टता प्रतिको एकिकृत दृढता प्रस्तुत गरिरहेको छ। त्यसैगरी, क्याम्प नोउपनि यूरोपकै पहिलो डेडिकेटेड ५जी कभरेज सहितको स्टेडियम बन्ने तयारीमा रहेको छ। यो नुमना स्टेडियमले फ्यान्सलाई अझ सशक्त अनुभव प्रदान गर्ने विश्वास लिइएको छ।

‘एफसी बार्सिलोना र ओपो विचको यो सहमति चार बर्ष अगाडी दूबै संस्था बिचका मिल्दा जुल्दा मूल्य, मान्यता र सिद्धान्तका आधारमा शुरुवात गरिएको थियो। आज त्यही सहमती नविकरण गर्दै नयाँ यूगको सुरुवात पूण साथमा गर्न पाउँदा हामी निकै गौरवान्वित महशुस गर्दैछौँ।’, एफसी बार्सिलोना बोर्डका सदस्य तथा कमर्शियल क्षेत्रका प्रमुख जेसेप पोन्टले भने, ‘विश्वभरका हाम्रा फ्यानसंग पृथक र नवप्रबर्तनात्मक अनुभव पस्कँदै थप नजिक हुन सघाउँदै नयाँ योजना माथि काम गर्ने अवसरका रुपमा हामीले यसलाई लिएका छौँ।’

विश्वकै पाँचौ ठूलो स्मार्टफोन ब्राण्डका रुपमा ओपो अहिले वैश्विक बजारका ४० भन्दा बढी बजारमा सञ्चालित छ। कम्पनीको अभिन्न ओभरसिज ब्राण्डिङ रणनीतिक तत्वका रुपमा रहेको यो सहकार्य मार्फत ओपो अहिले विश्वभरका २० करोड भन्दा बढी बारका फ्यान्ससम्म पहुँच बनाउन सफल रहँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad