कला


अभिनेत्री काजल कर्णले दिइन् ‘चिरञ्जीवी भवः’ विरुद्ध चलचित्र कलाकार संघमा उजुरी

अभिनेत्री काजल कर्णले दिइन् ‘चिरञ्जीवी भवः’ विरुद्ध चलचित्र कलाकार संघमा उजुरी

नेपालखबर
असार ३०, २०८३ मंगलबार १४:२५, काठमाडौँ

अभिनेत्री काजल कर्णले फिल्म ‘चिरञ्जीवी भवः’ विरुद्ध चलचित्र कलाकार संघमा उजुरी दिएकी छन्।

उनले मंगलबार आफूमाथि छायांकन सेटमा दुर्व्यवहार भएको भन्दै संघमा उजुरी दिएको संघका अध्यक्ष उत्तम केसीले इमेलमार्फत् उजुरी प्राप्त भएको बताए।

उजुरीमा कर्णले आफूलाई फिल्मको सेटमा दुर्व्यवहार गरिएको र त्यसमा संलग्न व्यक्ति र प्रोडक्सन टिममाथि छानबिन हुनुपर्ने माग गरेकी छन्। साथै भविष्यमा कलाकारविरुद्ध यस्तो हर्कत नगरियोस् भन्ने प्रतिबद्धताको माग पनि उनको छ।

उजुरी प्राप्त भएपछि अध्यक्ष केसीले दुवै पक्षलाई सम्भवतः आज वा भोलि छलफलमा बोलाइने जानकारी दिए। ‘मेल प्राप्त भएको छ।  विषय गम्भीर हुँदै गएपछि हामीले दुवै पक्षले फोन गरेका छौँ। अब केही दिनका लागि छायांकन रोकेर भए पनि आरोपित व्यक्तिहरू र कर्णजीलाई पनि बोलाएका छौँ,’ केसीले भने।

कर्णले घटनाको स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरेकी छन्। दुवै पक्षले एकअर्कालाई दोषारोपण गरेपछि छलफलमा डाकिएको बताउँदै आफूले सक्दो समन्वय गर्ने उनको भनाइ छ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा पनि अभिनेत्री कर्णलाई न्याय दिनुपर्ने माग उठेको छ। कांग्रेस सांसद निनुकुमारी कर्णले घटनामा संलग्नमाथि छानबिनको माग गरेकी छन्।

तर, फिल्मका निर्देशक दीपक आचार्य (काकु) ले अभिनेत्री कर्णको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad