हाल भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र हो। त्यहाँ दैनिक साढे ३ लाखको दरले कोरोना संक्रमित थपिरहँदा २ हजारभन्दा बढीको दरले मानिसहरुले ज्यान गुमाइरहेका छन्।
बिग्रँदो कोरोनाको अवस्थालाई लिएर मानिसहरुले मोदी सरकारको आलोचना गरिरहँदा खेरले मोदीको पक्षमा ट्विट गरेपछि सामाजिक सन्जाल प्रयोगकर्ताहरुले उनको चर्को आलोचना गरिरहेका हुन्।
पत्रकार शेखर गुप्ताले एक ट्विट गरेका थिए जहाँ भनिएको थियो,‘६० को दशकमा मैले कयौं संकट देखें जसमा तीन युद्ध, खानाको कमी र प्राकृतिक विपत्ति पर्छन्। कोरोना प्रकोप देशको विभाजनपछि सबैभन्दा ठूलो संकट हो र अहिले सरकार गायब भएको अवस्था छ, जुन कहिल्यै भएको थिएन।’
आदरणीय @ShekharGupta जी!! ये कुछ ज़्यादा ही हो गया।आपके स्टैंडर्ड से भी।करोना एक विपदा है।पूरी दुनिया के लिए।हमने इस महामारी का सामना पहले कभी नहीं किया।सरकार की आलोचना ज़रूरी है।उनपे तोहमत लगाइए।पर इससे जूझना हम सबकी भी ज़िम्मेदारी है।वैसे घबराइए मत।आएगा तो मोदी ही!! जय हो!🙏 https://t.co/YZPzY4sVJh
— Anupam Kher (@AnupamPKher) April 25, 2021यसको जवाफमा अनुपम खेरले भनेका थिए,‘आदरणीय शेखर गुप्ता जी यो अलि बढी नै भयो। तपाइँको स्तरभन्दा बढी। कोरोना विश्वकै लागि विपद् हो। हामीले यो महामारीको पहिले कहिल्यै सामना गरेका थिएनौं। सरकारको आलोचना गर्न जरुरी छ। तर आरोप नलगाउनुस्। कोरोनासँग जुध्नु सबैको जिम्मेवारी हो। डराउनु पर्दैन। सहयोगका लागि केवल मोदी आउनेछन्। जय हो।’
मोदीको प्रशंसा गर्दै सहयोगका लागि मोदी मात्र आउनेछन् भनेपछि मानिसहरुले खेरको प्रतिक्रिया भारतवासीलाई चिढ्याउने किसिमको भनिरहेका छन्।

प्रतिक्रिया