समाज


सालकको खपटासहित दुईजना पक्राउ

सालकको खपटासहित दुईजना पक्राउ

नेपालखबर
बैशाख १३, २०७८ सोमबार १०:२१,

काठमाडौंको कपनस्थित सरस्वतीनगरबाट संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट विशेष सूचनाको आधारमा संरक्षित वन्यजन्तु सालकको खपटा एक किलो ८०० ग्रामसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि आखेटोपहारसहित डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडौमा बुझाइएको सीआईबीले जनाएको छ।

पक्राउ पर्नेमा धादिङको साविक भूमिस्थान गाविस–२ हाल थाक्रे गाउँपालिका–३ डाँडाखर्क बस्ने वर्ष ३० को कूलबहादुर तामाङ र वर्ष २० को जयराम तामाङ रहेका छन्।

यता, पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवैध रुपमा सालको काठ चोरी निकासी गरी चिरान गर्न लगाउने मुद्दाका मूख्य फरार मानिस पर्साको ठोरी गाउँपालिका–४ आठघरे टोल बस्ने वर्ष ३५ को गाँउघरमा लेखे भनिने लेख बहादुर श्रेष्ठलाई बौद्धबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad