ad ad

कला


कोरोनाको डरबीच मोडल हन्टले छैटौ संस्करण सम्पन्न

कोरोनाको डरबीच मोडल हन्टले छैटौ संस्करण सम्पन्न

नेपालखबर
चैत १५, २०७७ आइतबार ७:१०,

कोरोना संक्रमण फैलिएसँगै ठप्प भएको फेसन सो तथा मनोरञ्जन बजार बिस्तारै खुल्न थालेको छ।

शनिबार काठमाडौँमा मोडल हन्टले आफ्नो छैटौ संस्करण सम्पन्न गरेको छ। नेपालमा मोडल हन्टको यो प्रतियोगितालाई लोकप्रिय मोडलिङ प्रतियोगिताका रुपमा लिइन्छ। नेपालको मोडलिङ क्षेत्रका पुराना नयाँ पुस्ता तथा फेसन मनोरन्जनमा क्रियाशील व्यक्तिहरुको उपस्थितिमा मोडल हन्ट प्रतियोगिता भएको थियो।

३४ जना युवा तथा ३२ जना युवतीबीच भएको प्रतिस्पर्धामा प्रविण चापागाई र अनिशा शाक्यले बेस्ट मोडलको ट्रफी जितेका थिए। प्रतियोगीहरुले आईसी कलेज अफ आर्ट एन्ड फेसनका १७ आंैं ब्याचका ३४ जना विधार्थी डिजाइनरहरुले तयार पारेका विविध आकर्षक एवं मनमोहक पहिरनहरुमा सजिएर प्रतिस्पर्धा गरेका थिए।

नेक्स्ट मोडल्स नेपालको ब्यानर अन्तर्रगत रवि धमला र एत्ना पाण्डेको निर्देशनमा संचालन भएको मोडल हन्ट नेपालका मुख्य प्रशिक्षक एवं कोरियोग्राफर रोजिन शाक्य हुन् भने प्रतियोगिता शाक्यकै सञ्चालनमा सम्पन्न भएको हो। प्रतियोगितामा आईसी ग्रुप, नेपालका प्रबन्ध निर्देशक शैलजा अधिकारी, कान्तिपुर टेलिभिजनका कार्यकारी निर्माता एवं सञ्चारकर्मी सुरज सिंह ठकुरी, सञ्चारकर्मी एवं पूर्व मिस नेपाल माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे तथा फेसन डिजाइनर इन्टा श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

प्रतियोगिताका विजेताहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा सहभागी हुन पाउने छन्। यसका साथै कोरियामा सञ्चालन हुने एलबीएमए अवार्डस्, गोवामा सञ्चालन हुने इन्टरनेसनल फेसन वीक, लगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .