ad ad

समाज


कलंकीमा टिपरको ठक्करबाट एक युवाको मृत्यु

कलंकीमा टिपरको ठक्करबाट एक युवाको मृत्यु

नेपालखबर
चैत १५, २०७७ आइतबार ६:५१,

काठमाडौंको कलंकीमा गएराति टिप्परको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

शनिबार राति बल्खुबाट थानकोट जाँदै गरेको बा १ ख ५८९३ नम्बरको टिप्परले ठक्कर दिँदा करिब २४÷२५ वर्षीय पुरुषको मृत्यु भएको महानगरीय प्रहरी परिसरका डीएसपी प्रमेश विष्टले जनाकारी दिए।

डीएसपी विष्टका अनुसार मृतकको परिचय भने खुलेको छैन्।

कलंकी चोकको जेब्राक्रसबाट बाटो काट्दै गरेका ती युवा टिपरको ठक्करबाट गम्भीर घाइते भएको र उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महारजगञ्जमा मृत्यु भएको हो।

 प्रहरीले ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .