नम्रता श्रेष्ठ, अनुपविक्रम शाही र प्रमोद अग्रहरिको मुख्य भूमिका रहेको फिल्म ‘जाइरा'को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।
भदौ ६ गतेलाई प्रदर्शनको मिति तोकिएको जाइराको ट्रेलर बुधबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।
फिल्ममा नम्रता मार्सल आर्टकी खेलाडीको भूूमिकामा छिन्। उनी फिल्ममा एक्सन र ग्ल्यामर दुवै प्रस्तुत गरेकी छन्।
त्यस्तै प्रमोद अग्रहरि फिल्ममा एकदमै भिन्न लुक्समा देखिएका छन्। उनी फिल्मको मुख्य आकर्षण हुन् भन्दा परक पर्दैन।
एक्सले भरिपूर्ण फिल्ममा प्रेम, यौन, बदला, आक्रोसलाई मुख्य रुपमा देखाइएको छ। फिल्ममा यी तीन कलाकारका अलवा रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ, शृजना रेग्मी, सम्राट मगरको पनि मुख्य भूमिका रहेको छ।
अभिनेत्री श्रेष्ठले निर्माण गरेको सो फिल्मको निर्देशन आशुतोष राज श्रेष्ठले गरेका छन्। आशुतोषकै कथा रहेको चलचित्रमा आशुतोष र निरोज महर्जनको पटकथा छ।
फिल्ममा लोकेस बज्रचार्यको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व, बाबु श्रेष्ठको छायांकन रहेको छ। हेरौ ट्रेलर

प्रतिक्रिया