ad ad

कला


पवनदीप जसले इन्डियन आइडलमा मच्चाइरहेका छन् धमाका

पवनदीप जसले इन्डियन आइडलमा मच्चाइरहेका छन् धमाका

नेपालखबर
माघ १२, २०७७ सोमबार ७:५७,

अडिसनदेखि चर्चित बनेका उनी नै यस सिजनको विजेता हुने सबैको अनुमान छ।

कारण उनी भर्सटाइल छन्। क्लासिकल, पप, रक, चलचित्रका गीत सबै विधामा उनी पोख्त छन्।

उसो त उनी भारतमै सन् २०१५ मा सम्पन्न भएको भोइस अफ इन्डियाका विजेता पनि हुन्। त्यसबेला उनी विजेता बनेपनि उनलाई धेरैले चिन्दैन थिए।

तर इन्डियन आइडलमा आएसँगै उनी भारतसँगै विश्वभर चर्चित बनेका छन्। हरेक दिन शनिबार र आइतबार सोनी टिभीमा इन्डियन आइडल आउँछ।

Sadda Haq by Pawandeep Rajan in Indian Idol 2020 | New Year Special |  Rockstar | Full Performance Chords - Chordify

हालै पवनदीपले भारतको गणतन्त्र दिवश केन्द्रित इपिसोडमा दुईवटा देशभक्ति गीत गाएका थिए।

त्यहाँ उनले ‘तेरे मिट्टी र बन्दे मा तरम’ बोलको गीत गाएका थिए। उनले गीत गाइरहँदा इन्डियन आइडलका निर्णायक, प्रतिस्पर्धी, उपस्थित प्रहरी तथा दर्शकहरु सबैको आँखामा आँशु देखिन्थ्यो।

२४ वर्षका पवनदीप चम्पावत, उत्तराखण्डका हुन्। सानो गाउँका उनले यतिबेला इन्डियन आइडलमा गीत गाएर भारतभर तहल्का मच्चाइरहेका छन्।

No description available.

हालसम्म उनले इन्डियन आइडलमा केसे हुवा, सड्डा हक, फिर्से उडचला, नादान, सायद कभी, मेरे यारो लगायत अन्य धेरै गीत गाइसकेका छन्।

सबै गीतमा पवनको अरुको भन्दा बढी प्रशंसा हुने गरेको छ। उनका हरेक गीतपछि निर्णायकहरु नेहा कक्कड, विशाल ददलानी, हिमेस रस्मियाले भारतमा नयाँ संगीतका सम्राट जन्मिएको बताउँछन्।

पवन राम्रो मात्र गाउँदैनन्, उनीसँग अन्य धेरै खुबी छन्। उनी गिटार, ढोलक, तबेला, हार्मोनियम, पियानो, ड्रम लगायत धेरै किसिमका बाध्यबाधन बजाउँछन्। उनी गीतमा संगीत भर्ने कलामा पनि पोख्त छन्।

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .