ad ad

कला


स्वर्गीय श्रीमतीको सम्झनामा मदनकृष्ण श्रेष्ठले गाए मनछुने गीत (भिडियो)

स्वर्गीय श्रीमतीको सम्झनामा मदनकृष्ण श्रेष्ठले गाए मनछुने गीत (भिडियो)

नेपालखबर
पुस १७, २०७७ शुक्रबार २:०,

प्रख्यात् हास्य कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नी दिवंगत पत्नीलाई चौतारीको पीपलसँग तुलना गर्दै हृदयविदारक गीत गाएका छन्।

उनले पत्नीको जन्मदिन (पुस १४) सम्झेर आफैंले गाएको ‘वर ढले पीपल एक्लै, पीपल ढले वर, जो ढले नि चौतारीको छाती चररर’ बोलको गीत सार्वजनिक गरेका हुन्।

भिडियोका साथ मंगलबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आज पौष १४ गते, मेरी श्रीमती बाँचरिहेकी भए आज हामी उनको जन्मोत्सव मनाइरहेका हुुन्थ्यौं। सँगै हुँदा हाम्रो जीवन खोला वारि र खोला पारिको वर र पीपल जस्तो हैन कि एउटै चौतारीमा उभिएर रमाइरहेका वरपीपल जस्तै थियौं।’ 

हेर्नुहाेस्, भिडियाे-

श्रीमतीको जन्मदिन पुस १४ गते मदनकृष्ण श्रेष्ठले फेसबुकमा लेखेको स्टाटस

आज पौष १४ गते :- मेरी श्रीमती बाँचीरहकी भए आज हामी उन्को जन्मोत्सब मनाईरहेका हुन्थ्यौँ । संगै हुँदा हाम्रो जीवन खोला...

Posted by Madan Krishna Shrestha on Monday, December 28, 2020

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .