ad ad

कारोबार


कृषि मन्त्रालयको दाबी : नेपालीलाई पुग्ने खाद्यान्न नेपालमै उत्पादन

कृषि मन्त्रालयको दाबी : नेपालीलाई पुग्ने खाद्यान्न नेपालमै उत्पादन

नेपालखबर
पुस १७, २०७७ शुक्रबार २:२८,

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालीलाई खान पुग्ने खाद्यान्न नेपालमै उत्पादन हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ।

नेपालमा उत्पादन भएको खाद्यान्न नेपालीले खाएर नसकिने दाबी पनि कृषि विकास मन्त्रालयको छ। केही दिनअघि मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा जम्मा उपभोग्य प्रशोधित खाद्यान्न उपलब्धता ७३ लाख १२ हजार १७२ मेट्रिक टन रहेको छ । त्यसमध्ये नेपालीले वार्षिक ५६ लाख १९ हजार ०२३ मेट्रिक टन मात्र खान्छन्।

मन्त्रालयका सहसचिव डा.हरिबहादुर केसीका अनुसार हरेक वर्ष १६ लाख ९३ हजार १४९ मेट्रिक टन खाद्यान्न बचत हुने गरेको छ। यो गहुँ, धान, मकै, कोदो, फापर, जौको तथ्याङ्क हो। यसमा माछा, मासु, तरकारीलगायतका खाद्यान्न जोड्दा अझ धेरै बचत हुने केसीले बताए।

पशु, चरा चुरुङ्गीको दाना, बिस्कुट, लगायतका उत्पादनका लागि पनि गहुँ, धान, मकै, कोदो, फापर लगायतका खाद्यान्न प्रयोग हुन्छ । मानिसले खानेबाहेक अन्य उत्पादनको लागि पनि खाद्यान्न प्रयोग हुने भएकाले खाद्यान्न अपुग भएको जस्तो मात्रै देखिएको दाबी केसीले गरे।

यस वर्ष नेपालमा धानको उत्पादन बढेको छ। यस वर्ष नेपालमा ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको छ। यो अहिलेसम्मकै सबैभन्दा धेरै उत्पादन हो।

गत वर्ष नेपालमा ५५ लाख ५० हजार ८ सय ७८ टन धान उत्पादन भएको थियो। गत वर्षभन्दा यस वर्ष धानको उत्पादन ७० हजार ८ सय ३२ टनले बढेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .