ad ad

कला


आमिर खानकी छोरी इरा फिटनेस प्रशिक्षकसँग प्रेममा !

आमिर खानकी छोरी इरा फिटनेस प्रशिक्षकसँग प्रेममा !

नेपालखबर
मंसिर १०, २०७७ बुधबार ९:३१,

बलिउडका सुपरस्टार अभिनेता आमिर खानकी छोरी इरा खान सामाजिक सञ्जालमा एकदमै सक्रिय छन्। उनले आफ्ना हरेक कुराहरु सामाजिक सञ्जालमार्फत सेयर गर्दै आइरहेकी छन्।

इराको प्रेमी मिशाल कृपलानीसँग ब्रेकअपको समाचार केही समय अगाडि सञ्चारमाध्यममा आएको थियो। ब्रेकअपको खबर सेलाउन नपाउँदै उनी फेरि प्रेममा रहेको खबर सार्वजनिक भएको छ।

टाइम्स् अफ इन्डियाले उनी आफ्ना फिटनेस प्रशिक्षक नूपुर शिखरेसँग डेटमा रहेको बताएको छ। खबरअनुसार दुवै लकडाउनको समयमा नजिकिएका हुन्।

त्यस्तै इराले नूपुरसँग महाबलेश्वरमा रहेको आमिरको फार्महाउसमा पुगेर छुट्टी  समेत मनाएकी छन्। उनले आमा रिनासँग नपुरको भेट समेत गराइसकेको खबरमा उल्लेख छ।

नूपुर संग इरा खान

इरा मिशाल कृपलानीसँग दुई वर्षदेखि सम्बनधमा थिइन्। जब इराले आफ्नो ध्यान करिअरतर्फ केन्द्रित गर्न थालिन तब उनीहरुबीच सम्बन्धमा खटपट सुरु भयो र केही समय अगाडि दुवैले अलग हुने फैसला समेत गरेका थिए।

यसका अलवा इराले केही समय अगाडि आफू डिप्रेसनमा रहेको बताएकी थिइन्। उनले विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै आफू लामाे समयदेखि डिप्रेसनमा रहेको बताएकी हुन्। उनले आफूले चार वर्षदेखि डाक्टरलाई देखाइरहेको र पछिल्लो समय राम्रो हुँदै गइरहेको बताएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .