ad ad

समाज


काठमाडौं महानगरद्वारा टोल टोलमा स्वाव संलकन, के भन्छन् स्थानीय?

काठमाडौं महानगरद्वारा टोल टोलमा स्वाव संलकन, के भन्छन् स्थानीय?

नेपालखबर
मंसिर १०, २०७७ बुधबार ९:२७,

काठमाडौं महानगरपालिकाले टोल टोलमा गएर पीसीआर परीक्षणका लागि स्वाव संकलन गर्न थालेपछि स्थानीय खुसी भएका छन्।

सरकारी निर्णयअनुसार केसी समय बन्द रहेको स्वाव संकलनको काम महानगरले सुरु गरेपछि स्थानीय खुसी भएका हुन्। वडा कार्यालयहरु मार्फत जनशक्ति परिचालन गरी पीसीआर परीक्षणका लागि महानगरले स्वाव संकलन गरिरहेको छ। स्थानीय आदर्श लामिछाने महानगरको उक्त कामलाई समुदायको सुरक्षाका लागि राम्रो कदम भन्छन्।

काठमाडौं महानगरपालिकाले अझ वृहत रुपमा स्वाव संलकन गर्न सके सबैको पहुँचमा पुग्ने आशा स्थानीय गर्छन्। अहिले विभिन्न मापदण्ड बनाएर स्वाव लिइरहेको महानगरलाई स्थानीय उद्धवप्रसाद लामिछाने अधिकांश जनता सःशुल्क परीक्षण गर्न सक्ने अवस्थामा नभएकाले अभियानलाई वृहत बनाउनुपर्ने सुझाव दिन्छन्।

अर्का स्थानीय फाल्गुनी दाहाल केही समय बन्द भएर पुनः निशूल्क स्वाव संलकन भइरहेकोमा खुसी व्यक्त गर्दै महानगरपालिकाले मात्रै नभएर अन्य ठाउँमा पनि यसरी नै अभियान चलाउनुपर्ने बताउँछन्।

काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिपेन्द्र लामाले संक्रमितको संख्या बढ्दै गएपछि कन्ट्याक ट्रेसिङ र सरकारले तोकेको मापदण्डका आधारमा स्वाव संकलन थालिएको बताए। संक्रमित एकाघरका ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाव संकलन थालिएको हो।

कोरोनाको निःशुल्क परीक्षण नगर्ने सरकारी निर्णय सर्वोच्च अदालतको आदेशपछि बदर भएपछि अहिले सरकार र स्थानीय तहहरुले मापदण्ड बनाएर कोरोना परीक्षण गरिरहेका छन्।

अन्य जिल्लाहरुमा कोरोना संक्रमितको संख्या घट्दै गएपछि काठमाडौं उपत्यकामा भने दिनदिनै संक्रमित बढीरहेका छन्। महानगरपालिकाले अशक्त, वृद्धवृद्धाहरुको मोबाइल भ्यान मार्फत स्वास्थ्यकर्मी खटाएर स्वाव संकलन गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .