मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एन्ड ब्युटिफूल प्रालिले ल्याएको यस वर्षको मिस युनिभर्स नेपालका लागि ५ सयभन्दा बढी महिलाहरुको आवेदन दिएका छन्।
त्यसबाट छानिएका ९७ क्वालिफायरहरुले आवेदन प्रक्रियामा अपलोड गरिएको बायो, फोटो र भिडियोको आधारमा उत्कृष्ट ५० को छनौट गरिएको ब्युटिफूल प्रालिले जनाएकाे छ।त्यसको घोषणा शुक्रबार एपी वान र मुन युट्यूबबाट भएको एउटा विशेष लाइभ कार्यक्रमबाट नग्मा श्रेष्ठ र सभेक्षा खड्काले गरेका थिए।
यस मिस युनिभर्स नेपालका विजेताले रु. १० लाख नगद उपहार प्राप्त गर्ने छन् जुन नेपाली सौन्दर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धन राशि हो।
नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगिताले सबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमा नयाँ परिवर्तन समेत ल्याउने छ। यस प्रतियोगिताले आकर्षक धन राशिका साथै विश्वमै समावेशी प्रतियोगिताको मशाल बोक्दैअघि बढ्ने अठोट लिएको छ।
सामूहिक विविधताको उदाहरणका रुपमा स्थापित यस प्रतियोगितामा लैंगिक विविधता मात्र नभई तौल, उचाई तथा अन्य शारीरिक बनोटमा विविधता भएका प्रतियोगीहरुको समेत सहभागिता रहनेछ।
केही मानिसहरूका लागि विशेषाधिकारमा मात्र सीमित नभई यो प्रतियोगिताले धैरे व्यक्तिहरुका लागि उल्लेखनीय अवसर प्रदान गर्नेछ। नेपालमा आयोजित सबै सौन्दर्य प्रतियोगितामा विविधता ल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेताको छनौट निर्णायक र मतदानको आधारबाट गरिनेछ।
प्रतिक्रिया