कला


‘कंगाल करोडपति’ मा मुकुनको जोडी बन्दै सलिना तामाङ

‘कंगाल करोडपति’ मा मुकुनको जोडी बन्दै सलिना तामाङ

नेपालखबर
असार १६, २०८३ मंगलबार १३:५०, काठमाडौँ

फिल्म ‘कंगाल करोडपति’ मा अभिनेत्री सलिना तामाङ अनुबन्धित भएकी छन्। राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यस फिल्ममार्फत सलिनाले नेपाली फिल्म उद्योगमा डेब्यू गर्नेछिन्।

निर्माण टिमका अनुसार सलिनाले यसै महिना फिल्मसँग औपचारिक सम्झौता गरेकी हुन्। ‘कंगाल करोडपति’ मा मुकुन भुसाल र सलिना तामाङ पहिलो पटक पर्दामा जोडीका रूपमा देखिनेछन्।

फिल्ममा अनुबन्धित भएपछि सलिनाले ‘कंगाल करोडपति’ आफ्नो डेब्यूका लागि उपयुक्त फिल्म भएको बताएकी छन्। ‘यस फिल्ममा एउटा पात्रको रूपमा अभिनय गर्ने अवसर पाउँदा म अत्यन्तै खुशी छु। मेरो अभिनय र आउँदै गरेको यस फिल्मलाई सबैले धेरैभन्दा धेरै माया र साथ दिनुहुनेछ भन्ने आशा गरेकी छु’, उनले भनिन्।

सलिनाले भारतको मुम्बईस्थित द एक्टर्स ट्रुथमा बलिउडका चर्चित अभिनय प्रशिक्षक तथा अभिनेता सौरभ सचदेवासँग अभिनय प्रशिक्षण लिएकी हुन्। सचदेव रणवीर कपुर अभिनीत ब्लकबस्टर फिल्म ‘एनिमल’ लगायत विभिन्न चर्चित फिल्ममा अभिनय गरिसकेका अभिनेता हुन्।

‘कंगाल करोडपति’ पाठशाला प्रालिको ब्यानरमा निर्माण हुँदै छ। फिल्मका प्रस्तुतकर्ता प्रविन आचार्य हुन् भने निर्माता अनिलकुमार बुढाथोकी रहेका छन्। 

फिल्मको कथा सुमन गजमेरले लेखेका हुन्। निर्माण टिमका अनुसार केही कलाकारको छनोट भइसकेको छ भने केही नयाँ पात्रका लागि चाँडै अडिसनको घोषणा गरिने तयारी भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad