ad ad

खेल


बंगलादेशसँग नेपाल २–० गोल अन्तरले पराजित, तीन खेलाडीको ‘डेब्यु’

बंगलादेशसँग नेपाल २–० गोल अन्तरले पराजित, तीन खेलाडीको ‘डेब्यु’

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार १३:८,

बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। बंगबन्धु स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको हो।

पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप १ गोल खायो। खेलमा घरेलु टोलीले नवौँ मिनेटमा नविद जीवनको गोलमा अग्रता बनाएको थियो।

खेलको ५५औँ मिनेटमा रविशंकर पासवानको प्रहार पोष्टभन्दा थोरै माथिबाट बाहिरिँदा नेपालले बराबरी गर्ने मौका गुमाएको थियो। ७९औँ मिनेटमा महबुबुर रहमानले गोल गर्दै अग्रता दोब्बर पारे।

nep ban football 23

बंगलादेशसँगको मैत्रीपूर्ण खेलबाट ३ खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गरे। नेपालले दोस्रो मैत्रीपूर्ण खेल मंसिर २ गते खेल्नेछ।

विकास, एरिक र दर्शनको ‘डेब्यु’
बगंलादेशसँगको मैत्रीपूर्ण खेलबाट विकास खवास, एरिक विष्ट र दर्शन गुरुङले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्। १२ वर्षमुनिको टोलीबाट एन्फा एकेडेमीबाट खेलेका विकास नेपालले गतवर्ष भएको १३ औं दक्षिण एशियाली खेलकुद ९साग० मा स्वर्ण पदक जित्दा टोलीका सदस्य थिए।

नेपालको अन्य उमेर समुहबाट पनि खेल्दै आएका उनी २०७५ सालको ए डिभिजन लिगमा उदियमान खेलाडी घोषित भएका थिए। विकास आर्मीको यू–१८ टोली हुँदै सिनियर टोलीसम्म पुगेका हुन्।

nep ban football 24

त्यस्तै, मिडफिल्डर एरिक विष्टले राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका छन्। खेलको ४२ औं मिनेटमा विक्रम लामा घाइते भएपछी उनको स्थान लिदै विष्ट मैदान प्रवेश गरेका थिए। बाँसबारी क्लबको उत्पादन विष्टले न्यु रोड टिम ९एनआरटी० बाट ए डिभिजन लिग खेलेका थिए।

यस्तै मिडफिल्डर दर्शन गुरुङले पनि राष्ट्रिय टोलीमा डेब्यु गरे। उनी ६८ औं मिनेटमा रविशंकर पासवानको स्थानमा मैदान प्रवेश गरेका हुन्। ए डिभिजन लिगको उदीयमान खेलाडी समेत घोषित भएका थिए। एनआरटीका लागि उत्कृष्ट प्रदर्शन गरेपछि उनी सिनियर टोलीमा परेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .