कला


चलचित्र विकास बोर्डको वार्षिकोत्सवमा विविध कार्यक्रम

चलचित्र विकास बोर्डको वार्षिकोत्सवमा विविध कार्यक्रम

नेपालखबर
असार १७, २०८३ बुधबार १३:३३, काठमाडौँ

चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सव भव्य रूपमा सकिएको छ। 

मंगलबार बोर्डको प्रेक्षालय, काठमाडौंमा आयोजित समारोहमा सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिना प्रमुख अतिथि तथा मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत विशिष्ट अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रमको अध्यक्षता बोर्डका अध्यक्ष दिनेश डीसीले ले गरे।

बोर्डका सदस्य(सचिव राजेश कुमार थापा ले स्वागत मन्तव्य राख्दै बोर्डले चलचित्र क्षेत्रको संस्थागत विकास, अभिलेखीकरण, प्रोत्साहन, प्रविधिमैत्री सेवा र चलचित्रकर्मीको सम्मानलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

समारोहमा सूचना तथा सञ्चारमन्त्री डा। तिमिल्सिनाले चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताउँदै चलचित्र क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको धारणा राखे। 

चलचित्र विकास बोर्डलाई चलचित्र उद्योगको अभिभावकीय संस्थाका रूपमा अझ प्रभावकारी र परिणाममुखी भूमिका निर्वाह गर्न आग्रह गरे। साथै, निर्माणाधीन चलचित्रसम्बन्धी कानुन तथा नीतिमा चलचित्रकर्मीको सुझाव समेटिनुपर्नेमा पनि उनले जोड दिए।

कार्यक्रमकै विशेष आकर्षणका रूपमा ‘सिनेपा’ एप सार्वजनिक गरिएको थियो। नेपाली चलचित्र क्षेत्रलाई सूचना, अभिलेख, प्रवर्द्धन र पहुँचका हिसाबले डिजिटल युगसँग जोड्ने उद्देश्यले तयार गरिएको उक्त एपको उद्घाटन मन्त्री डा। तिमिल्सिनाले गरे।

त्यसैगरी, बोर्डले आफ्ना वार्षिक गतिविधि समेटिएको प्रकाशन ूशब्दचित्रमा चलचित्र बोर्डको गतिविधिू तथा ‘सिनेपाः’  पुस्तक विमोचन पनि गरेको छ। नेपाली चलचित्रको दस्तावेजीकरण, संस्थागत स्मृति संरक्षण र अध्ययन–अनुसन्धानका लागि यस्ता प्रकाशनहरू महत्त्वपूर्ण हुने विश्वास बोर्डले व्यक्त गरेको छ।

वार्षिकोत्सव समारोहमा बोर्डका दुई कर्मचारीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। 

साथै, स्टोरी बोर्डबाट छनोट भएको चलचित्र ‘सुरिलो रुख’ लाई निर्माण सहायतास्वरूप रु.४ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। बोर्डले सिर्जनात्मक र नयाँ पुस्ताका परियोजनालाई प्रोत्साहित गर्ने नीतिअनुसार यस्तो सहयोगलाई निरन्तरता दिने जनाएको छ।

कार्यक्रममा अर्को उल्लेखनीय पक्षका रूपमा चलचित्र विकास बोर्ड स्थापना यता २६ वर्षको अवधिमा ७ करोड रुपैयाँभन्दा बढी व्यापार गरेका ३१ नेपाली चलचित्रहरूको नामावली सार्वजनिक गरिएको थियो। 

बोर्डका अनुसार यस्तो सूचीले नेपाली चलचित्र उद्योगको व्यावसायिक विकास, बजारको विस्तार तथा दर्शकसँगको सम्बन्धलाई अभिलेखीकरण गर्ने काम गर्नेछ। सार्वजनिक सूचीमा ‘पूर्णबहादुरको सारङ्गी’, ‘कबड्डी ४’, ‘१२ गाउँ’, ‘जारी’, ‘छक्का पन्जा’ श्रृंखला, ‘महाजात्रा’, ‘प्रेमगीत ३’, ‘पुजार सार्की’, ‘महापुरुष’ लगायतका सफल चलचित्रहरू समेटिएका छन्।

समारोहमा राष्ट्रिय चलचित्र पुरस्कार निर्णायक समितिका पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। यसका साथै, राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा छुटेका केही सम्मानहरू पनि प्रदान गरिएको कार्यक्रम तालिकामा उल्लेख छ।

वार्षिकोत्सवको अर्को आकर्षक पक्ष चलचित्रकर्मी सम्मान रह्यो। 

२५ वर्षभित्र विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका चलचित्रकर्मीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा निशा अधिकारी, अर्जुन कार्की, कविता नेपाली, रोजिता बुद्धाचार्य तथा मेकअप आर्टिस्ट निलम पौडेल रहेका छन्। चलचित्र क्षेत्रले सिर्जनासँगै साहस, अनुशासन र प्रेरणाको उदाहरण पनि स्थापित गरेको सन्देश यस सम्मानमार्फत दिइएको बोर्डले जनाएको छ।

यस्तै, लघु चलचित्र र वृत्तचित्र प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो।  बोर्डले यस्ता प्रतियोगिताले वैकल्पिक कथा, भाषिक विविधता र मौलिक विषयवस्तु भएका सिर्जनालाई प्रेरणा दिने विश्वास व्यक्त गरेको छ।

समारोहमा बोर्डले विशिष्ट, विशेष तथा चलचित्रकर्मी श्रेणीका परिचयपत्रहरू पनि वितरण गरेको थियो।

विशिष्ट श्रेणीमा ऋषि लामिछाने, गोविन्द राई, बाबु साहेब बलामी, विनोद कुमार भट्टराई र विनोद प्रसाद मानन्धर सम्मानित भएका छन्।

विशेष श्रेणीमा उपासना सिंह, रेखा शर्मा, खगेन्द्र प्रसाद लामिछाने, दयाहाङ राई, दिपेन्द्र के। खनाल, प्रदीप भट्टराई, पुष्प खड्का, विजय बराल, बेनिशा हमाल, रोजिना सिटौला, विपिन कार्की र सुरक्षा पन्त लगायतका स्रष्टालाई परिचयपत्र प्रदान गरिएको थियो।

यसअघि वार्षिकोत्सवको पूर्वसन्ध्यामा बोर्डले मृगस्थलीमा वृक्षारोपण तथा बोर्ड परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो।

समारोहमा बोल्दै बोर्ड अध्यक्ष दिनेश डी।सी। ले चलचित्र क्षेत्रलाई नीतिगत, संस्थागत र व्यावसायिक रूपमा सुदृढ बनाउन बोर्ड प्रतिबद्ध रहेको बताए। उनले डिजिटल रूपान्तरण, चलचित्रकर्मीको सम्मान, नेपाली चलचित्रको अभिलेखीकरण, सफल चलचित्रको तथ्यांक संकलन र सिर्जनात्मक परियोजनाको प्रवर्द्धनलाई आगामी प्राथमिकताका रूपमा अघि बढाइने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad