छापा खबर


कोरोना संक्रमण: बिरामीको उपचार छैन, मृतकको हिसाब छैन

कोरोना संक्रमण: बिरामीको उपचार छैन, मृतकको हिसाब छैन

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार २३:३४,

कोभिड महामारी भन्दै विभिन्न कानुन लगाउने सरकारले जनताको उपचार गर्ने दायित्वबाट हात निकालेको छ।

विपन्न जनताको उपचार हुने सरकारी अस्पतालमा पनि निजी अस्पतालको बराबर शुल्क सार्वजनिक गर्ने सरकारले कोभिड महामारीबाट अहिलेसम्म कतिको मृत्यु भयो भन्ने हिसाब समेत यकिन गर्न सकेको छैन।

सरकारका दुई निकायले राखेको कोरोना संक्रमणबाट मृत्यु हुनेको तथ्यांकमा ठूलो अन्तर देखिएको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

स्वास्थ्य मन्त्रालय र सेनाको तथ्यांकमा चार सयभन्दा बढीको फरक देखिएपछि सूक्ष्म अध्ययन गरेर वास्तविक तथ्यांक सार्वजनिक गर्न समिति बनाएको थियो । तर, तीन सातासम्म समितिले पनि संख्या यकिन गर्न सकेको छैन, जब कि मृतकको संख्या हरेक दिन बढेको छ।

सेनाको तथ्यांकअनुसार १७ कात्तिकसम्म संक्रमणबाट एक हजार चार सयको निधन भइसकेको छ । तर, त्यही दिन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सार्वजनिक गरेको तथ्यांकमा मृतकको संख्या नौ सय ८४ मात्रै छ । फरक–फरक तथ्यांक सार्वजनिक भएपछि दुई निकायबीच विवाद भएको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार शुक्रबार चार सय ६३ कोरोना संक्रमितको आइसियू र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । तीन सय ८० जना आइसियू र ८३ जना भेन्टिलेटरमा छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad