ललित विष्टको दोस्रो कथा संग्रह ‘उत्कर्ष’ सार्वजनिक भएको छ। किताबलाई फोनिक्स बुक्सले प्रकाशन गरेको हो।
संग्रहमा सामाजिक सौन्दर्यको शिल्पमा बुनिएको १० वटा कथा छन्। यथार्थ र कल्पनाको धमिलो सिमानालाई भत्काएर पाठकलाई नयाँ स्वाद र चेतनाको संसारमा लैजाने कथाहरू यसमा समावेश छन्।
विष्टको पहिलो कथासंग्रह ‘मोहपथ’ मदन पुरस्कार- २०७६ को श्रेष्ठ सूचीमा पर्नुका साथै ‘कर्णाली साहित्य समाज कृति पुरस्कार- २०७६ बाट सम्मानित भएको थियो।
9
Shares

प्रतिक्रिया