नेपाली लोक आधुनिक शैलीमा तयार पारिएको प्रेमवियोग भाव मिश्रित गीत ‘दिल परानी’ भिडियोसहित सार्वजनिक भएको छ।
लोकप्रिय गायक शिव परियार र अनु चौधरीको स्वरमा रहेको यस गीतमा मोडल गरिमा शर्मा र नवप्रवेशी मोडल उमेश सोनामको अभिनय देख्न सकिन्छ।
यस गीतमा राज क्षितिजको शब्द, मनोज मालेको सङ्गीत, विशाल निरौलाको सङ्गीत संयोजन र साजन शाहको मिक्सिङ रहेको छ।
निकेश खड्काको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोको छायाङ्कन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन्।
गीत शुक्रबार शिव परियार अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया