फिल्म ‘कृष्ण लीला’मा अभिनेत्रीको रुपमा श्रद्धा क्षेत्री अनुबन्धित भएकी छन्। यो भूमिकामा यस अगाडि अभिनेत्री दीपिका प्रसाईं अनुबन्धित भएकी थिइन्।
तर, स्वास्थ्यका कारण अभिनेत्री दीपिकाले अभिनय गर्न नसक्ने बताएको कारण उक्त भूमिकामा निर्माण युनिटले अहिले श्रद्धालाई अनुबन्धित गरेको हो।
फिल्ममा अभिनेत्रीको रुपमा दीपिकाको ठाउमा श्रद्धा भित्रिएको निर्माता रत्न श्रेष्ठले जानकारी दिए। दीपिका केही समययता थाइराट र माइग्रेसनको समस्याले पीडित रहेको र फिल्म अभिनय गर्न असमर्थ भएको उनका पति दीवाकर भट्टाईरले बताएको कारण फिल्ममा अभिनेत्री परिवर्तन गर्नुपरेको निर्माता श्रेष्ठको भनाइ रहेको छ। मुम्बईमा मोडलिङ गरिररहेकी श्रद्धाले अब फिल्ममा अभिनेता पुष्प खड्कासँग रोमान्स गर्नेछिन्।
फिल्ममा श्रद्धाको अलवा पुष्प खड्का, बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारको अभिनय रहनेछ। सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहेको फिल्मको छायाँकन आगामी मंसिर १५ गतेबाट छायाँकनमा सुरु हुनेछ।
दीपक ओलीले निर्देशन गर्न लागेको फिल्मका प्रस्तुतकर्तामा रोहित कट्टेल हुन्। रत्न श्रेष्ठ निर्माता रहेको फिल्म शिव ढकालले खिच्दैछन्।

प्रतिक्रिया