ad ad

कला


भारतीय अभिनेत्री कंगनाविरुद्ध अर्काे उजुरी, पक्राउ पर्ने सम्भावना

भारतीय अभिनेत्री कंगनाविरुद्ध अर्काे उजुरी, पक्राउ पर्ने सम्भावना

नेपालखबर
कात्तिक २, २०७७ आइतबार २:४,

भारतीय अभिनेत्री कंगना रनौतविरुद्ध अर्काे एक उजुरी दर्ता गरिएको छ। यसपटक उनलाई हिन्दु-मुस्लिमबीच विभाजन ल्याउने आरोप लागेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार साहिल असरफ अली सैयदले दिएको निवेदनअनुसार मुम्बईस्थित बान्द्रा अदालतले प्रहरीलाई कंगनाविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको हाे। 

उनकी बहिनी रंगोलीविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ। चार दिनअघि कंगनाविरुद्ध तुमकुर (कर्नाटक) मा पनि उजुरी दर्ता गरिएको थियो। जसमा उनले किसानको अपमान गरेको अभियोग लगाइएको छ।

उजुरीकर्ता असरफले के भनेका छन्?
साहिल असरफ अली सैयदले आफ्नो उजुरीमा भनेका छन्, ‘कंगना रनौतले पछिल्ला केही महिनायता लगातर बलिउडलाई वंशवाद र भेदभावको केन्द्र भनेर यस क्षेत्रको अपमान गरेकी छन्। आफ्नो अफिसियल ट्विटर ह्यान्डलबाट ट्विट गरेर र टीभीमा अन्तर्वार्ता दिएर उनले हिन्दु र मुस्लिम कलाकारबीच विभाजन ल्याएकी छन्।’
साहिलले प्रमाणका लागि कंगनाले गरेका ट्विट पनि अदालतमा पेस गरेका थिए।

बान्द्रास्थित महानगर न्यायिक अधिकारी जयदेव वाय घुलेले कंगनाविरुद्ध फौजदारी प्रक्रिया संहिता (सीआरपीसी) को धारा १५६ (३) बमोजिम उजुरी (एफआरआई) दर्ता गरी अनुसन्धान गर्न आदेश दिएका छन्।

कंगनाविरुद्ध सोधपुछ हुन सक्छ र आरोप पुष्टि भएका खण्डमा उनी पक्राउ पनि पर्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

कंगनाकाे प्रतिक्रिया

यस आदेशप्रति प्रतिक्रिया जनाउँदै कंगनाले ट्विटरमा लेखेकी छन्, ‘‘नवरात्रमा को को उपवास बस्दै हुनुहुन्छ? यी तस्बिर आज खिचिएिका हुन्, म पनि उपवास बसिरहेकी छु। मेराविरुद्ध महाराष्ट्रमा अर्काे एफआरआई (उजुरी) दर्ता भएको छ। महाराष्ट्रमा पप्पु सेना मेरो बाटो हेरिरहेको छ। मेरो धेरै याद गर्नुपर्दैन, म चाँडै आउनेछु।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .