ad ad

राजनीति


मेयरले भवन उद्घाटन गर्दा उपमेयरद्वारा ढुंगा प्रहार

मेयरले भवन उद्घाटन गर्दा उपमेयरद्वारा ढुंगा प्रहार

नेपालखबर
कात्तिक २, २०७७ आइतबार २:५,

वडा कार्यालयको शिलालेखमा उपमेयरको नाम नराख्दा कैलालीको घोडाघोडी नगरपालिकामा मेयर र उपमेयरबीच हात हालाहालको अवस्था सिर्जना भएको छ।

शनिबार नगरपालिकाको ७ नम्बर वडा कार्यालयको भवन उद्घाटन कार्यक्रममा शिलालेखमा आफ्नो नाम नदेखेपछि उपमेयर प्रेमकुमारी थापाले मञ्चमै हस्तक्षेप गरेकी हुन्।

मेयर ममताप्रसाद चौधरीले शिलालेख अनावरण गर्न सुरु गरेपछि उपमेयर प्रेमकुमारी थापाले शिलालेखमा ढुंगा बजारेर थुकिन् भने मेयर चौधरीले त्यसको प्रतिवाद गरे। मेयर र उपमेयरबीच विवाद चर्केपछि कार्यक्रममा उपस्थित सहभागी र सुरक्षाकर्मीले स्थिति साम्य पारेका थिए।

त्यस क्रममा उपमेयर थापाले मेयर विरुद्ध नाराबाजी गरेकी थिइन्। ‘उपमेयरलाई अपमान गर्ने मुदार्बाद, महिला भनेर अपमान गर्ने मेयर मुर्दावाद, जस्ता नारा उनले लगाइन्।

मेयर पूर्वाग्रही भएकाले शिलालेखमा आफ्नो नाम लेख्न छुटाएको उपमेयर थापाको गुनासो छ। शिलालेखमा मेयर र वडा कार्यालयका पदाधिकारीहरुको मात्रै नाम राखिएको छ। मेयर र प्रशासकीय अधिकृतको पूर्वाग्रही सोचको कारण शिलालेखमा आफ्नो नाम छुटेको उपमेयर थापाको गुनासो छ।

शिलालेख परिवर्तन गरेर आफ्नो नाम समावेश नगर्दासम्म वडा कार्यालय उद्घाटन गर्न नदिने अडान उपमेयरले लिएपछि वडा कार्यालयका सबै भवनमा उपमेयरको पनि पनि राख्ने सहमति भएको छ। घोडाघोडी नगरपालिकाका तीनवटा वडाले यसै वर्ष आफ्नै भवन निर्माण गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .