सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता दाहालको अर्काे गीत आउने भएको छ।
स्मीता प्रचण्डकी छोरी गंगा दाहालकी छोरी हुन्। यसअघि उनले गाएकाे ‘मायालु तिमी कता छौं’ गीतको भाग–२ को टिजर शुक्रबार सार्वजनिक गरिएको हो।
गीतमा स्मीता दाहाल र राजनराज शिवाकोटीको स्वर छ। जुन गीत आउँदो साउन १ गते रिजिल गर्ने गायिका दाहालले जानकारी दिएकी छन्।
हेरौं, गायिका स्मीता दाहालको फेसबुक लाइभः
उक्त म्युजिक भिडियोमा पल शाह, स्वस्तिमा खड्का तथा बाल कलाकार जोडीले पनि यसमा अभियन गरेको जानकारी दिइएको छ।
मायालु तिमी भाग २ काे टिजर:
यसअघि सार्वजनिक मायालु तिमी कता छाै भाग १ पनि हेराैँ:
3
Shares

प्रतिक्रिया