छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३ मा दिनेश लिङ्देन उत्कृष्ट निर्देशक घोषित भएका छन्। लिम्बू विधामा रहेको फिल्म ‘रीत’ बाट लिङ्देनले उत्कृष्ट निर्देशकको अवार्ड जितेका हुन्।
यस फिल्मले ‘पब्लिक च्वाइस अवार्ड’ पनि जितेको छ। नेपाल आदिवासी जनजाति चलचित्र महासंघले चलचित्र विकास बोर्डमा आयोजना गरेको महोत्सव जेठ १७ देखि जेठ १९ गतेसम्म चलेको थियो।
महोत्सवमा गुरुङ फिल्म ‘ङोल्स्यो रामरानी’ उत्कृष्ट फिल्म बनेको छ। त्यस्तै मगर फिल्म ‘दिलसारा’बाट कल्याण राना मगर उत्कृष्ट अभिनेता घोषित भए।
नेवारी फिल्म ‘स्वयङ्गु’बाट भिन्तुना श्रेष्ठ उत्कृष्ट अभिनेत्री बन्दा तामाङ फिल्म ‘ह्याङ तामाङ’बाट सूर्य लामाले ‘उत्कृष्ट छायांकार’ को अवार्ड जिते।
त्यस्तै, मगर भाषाको ‘लाहुरेनी’ले उत्कृष्ट लघु चलचित्र र ‘आग्रे’ ले उत्कृष्ट वृत्तचित्र अवार्ड पायो। महोत्सवमा लिम्बू, राई, थारू, गुरुङ, मगर, तामाङ, भुजेललगायत विभित्र जातजातिको भाषा, संस्कृति र कलामा बनेका फिल्म, वृत्तचित्र, लघु फिल्म समावेश भएका थिए।
Shares

प्रतिक्रिया