आयंका फिल्म्सको प्रस्तुतीमा बनेको फिल्म ‘मास्टर्नी’ का दुई पोस्टर सार्वजनिक भएको छ। केहि समय अगाडी प्रियंका कार्कीको एकल पोस्टर ल्याएपछि निर्माण टिमले दुई फरक नयाँ पोस्टर सार्वजनिक गरेको हो।
पहिलो पोस्टरमा अभिनेत्री प्रियंका कार्की र सिम्रन खड्कालाई देख्न सकिन्छ। जहाँ सिम्रन प्रियंकाको अँगालोमा छिन्। यसले केही भावुकता जनाउछ। चलचित्रले आमा छोरीको कथा रहेको दर्शाउछ।
त्यस्तै, "उनले अपराध रोजिनन्, उनले त केवल आफ्नी छोरी रोजिन्।", भन्ने ट्यागलाइनले आफ्नी छोरी बचाउनका लागी आमाले गरेको कुनै कामको संकेत गर्छ।
प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की निर्माता रहेको फिल्मलाई शुभेन्दु घोषले निर्देशन गरेका हुन्। फिल्ममा प्रियंका, सिम्रन र प्रमोदसहित आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, ऋचा शर्मा, अनुपविक्रम शाही, रक्षा थापा, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय छ ।
भदौ ५ गतेबाट हलमा लाग्ने फिल्मलाई नेपालीसहित अन्य भाषामा एकसाथ रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ ।
Shares

प्रतिक्रिया