संगीत रोयल्टी संकलन समाजले कृत्रिम बुद्धिमत्ता (एआई) मार्फत सहमतिबिना डिजिटल माध्यममा प्रयोग गरिएका गीत/संगीतविरुद्ध उजुरी दिन आग्रह गरेको छ ।
बिहिबार कार्यकारी अधिकृत सागर पाण्डेले सूचना जारी गर्दै औपचारिकरुपमा लिखित उजुरी दिन आग्रह गरेका हुन्।
गीत/संगीत सिर्जना वा प्रयोग गर्दा सम्बन्धित स्रष्टा वा अधिकारवालाको सहमति, अनुमति वा लाइसेन्स नलिई प्रयोग भइरहेका घटनाप्रति समाजले गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ।
साथै हालसम्म दर्ता नभएका गीत/संगीतका विवरण तथा आवश्यक प्रक्रिया पनि पूरा गर्न समाजले अनुरोध गरेको छ।
समाजका अनुसार सम्बन्धित व्यक्तिले समाजको कार्यालयमा स्वयं उपस्थित भएर वा लिखित निवेदनमार्फत् उजुरी दर्ता गराउन सक्नेछन्।
उजुरीमा अनधिकृत सामग्री हटाउन माग गर्न तथा रोयल्टी दाबी गर्न सकिने समाजका प्रमुख कार्यकारी अधिकृत सागर पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ।
पछिल्लो समय एआईबाट गीत सिर्जना गर्ने क्रम बढ्दो छ।
Shares

प्रतिक्रिया