चलचित्र विकास बोर्डले पछिल्लो शनिबारसम्मको बक्सअफिस विवरण सार्वजनिक गरेको छ।
स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘लालीबजार’ ले पाँच करोड ७६ लाख ३९ हजार ४७१ रुपैयाँ ग्रस कमाएको छ। सोही अवधिसम्म फिल्मलाई एक लाख ९६ हजार ४०६ जना दर्शकले हेरेका छन्।
त्यस्तै, वैशाख २५ गतेबाट रिलिज भएको ‘मालती मंगले’ ले ५१ लाख ६३ हजार ५९३ रुपैयाँ ग्रस कमाएको छ। यस फिल्मलाई १६ हजार १३७ जनाले हेरेका छन्।
जेठ १ गतेबाट एकसाथ रिलिज भएका तीन नेपाली फिल्मको व्यापार भने कमजोर देखिएको छ। आँचल शर्माको मुख्य भूमिका रहेको ‘एक मुठ्ठी बादल’ले पाँच लाख २१ हजार ८२५ रुपैयाँ ग्रस कमाएको छ। नौ दिनको अवधिसम्म यस फिल्मलाई एक हजार ५०१ जना दर्शकले हेरेका छन्।
त्यसैगरि, ‘गुरुआमा’ ले २९ लाख ४२ हजार ५७६ रुपैयाँ ग्रस कलेक्सन गरेको। सोही अवधिसम्म यो फिल्मलाई नौ हजार ३२७ जना दर्शकले हेरेका छन्।
सुरक्षा पन्त र निमेष श्रेष्ठ अभिनीत ‘लाइफ ड्यामेज’ ले २८ लाख ४६ हजार १७० रुपैयाँ ग्रस कमाएको छ। सोही अवधिसम्म यो फिल्मलाई नौ हजार २४१ जनाले हेरेका छन्।
त्यस्तै, प्रकाश सपुत र सुहाना थापा स्टारर ‘परालको आगो’ ले चार करोड २७ लाख ५३ हजार ६४८ रुपैयाँ कमाएको छ। वैशाख ११ गतेदेखि रिलिज भएको यस फिल्मलाई गत शनिबारसम्म एक लाख ५३ हजार ९२५ जनाले हेरेका छन्।
Shares

प्रतिक्रिया