साफ महिला च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक गरिएको छ।
भुटानविरुद्धको खेलका लागि घोषणा गरिएको सुरुवाती ११ मा गीता रानाले ‘कमब्याक’ गरेकी छन्। त्यस्तै, अनिता लम्जेलले ‘डेब्यु गर्न लागेकी छन्।
नेपाली टोलीमा एन्जिला तुम्बापो सब्बा (कप्तान), पूजा राना, बिमला विक, हिराकुमारी भुजेल, रेनुका नगरकोटे, अनिता बस्नेत, गीता राना, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता लम्जेल र दिपा शाही छन्।
त्यस्तै, भुटानको टोलीमा पेमा छोदेन छेरिङ (कप्तान), संगिता मोंगर, शुकमाया घले, छेरिङ याङदेन, पेमा कुञ्जाङ छोकी, डेकी ल्हाजोम, नाम्ग्याल डेमा, जमयाङ छोदेन, छेरिङ लदेन, डोर्जी इडोन र येसी विधा छन्।
भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा आज अपराह्न पौने ५ बजे नेपाल र भुटानको प्रतिस्पर्धा हुँदै छ।
Shares

प्रतिक्रिया