वसन्त निरौलाको निर्देशन रहेको फिल्म ‘पाँच पाण्डव’को छायांकन सकिएको छ। ६६ दिनमा फिल्मको छायांकन सकिएको हो। फिल्मको छायांकनको प्याकअपमा इन्डक्ल्याप लेखिएको केक काटेर निर्माण टिमले सेलिब्रेट गरेको थियो।
‘चैत २ गतेबाट सुरु भएको सिनेमाको छायांकन हामीले ६६ दिन लगाएर सक्यौँ। यो चलचित्रको छायांकनमा हामीले कुनै पनि कम्प्रमाइज गरेका छैनौँ, जुन सिनेमामा पनि देखिनेछ,’निर्देशक निरौलाले भने।
त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरीलगायतको पनि अभिनय रहेको छ।
फिल्म ‘सोसल ड्रामा’ भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन्। उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ। फिल्मको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिएको छ।
फिल्ममा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको यो चलचित्रलाई श्याम तामाङले खिचेका छन्। प्रस्तुतकर्ता नवीन श्रेष्ठले यसअघि गतवर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए ।
Shares

प्रतिक्रिया