कारोबार


तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

नेपालखबर
जेठ ११, २०८३ सोमबार १३:२६, काठमाडौँ

तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ। 

एसियाली बिकास बैंकको २२७ मिलियन अमेरिकी डलर, ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए। 

अर्धजलाशययुक्त आयोजनाको बाँध तनहुँको बन्दीपुर-६ र देवघाट गाउँपालिका-३ मा पर्छ। विद्युत्गृह, कर्मचारी आवास, मुख्य सुरुङ देवघाट गाउँपालिकाको वडा नं. ३ र ४ मा पर्छ। 

आयोजना प्रमुख श्रेष्ठले विद्युत्गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad