कला


सकियो कुलब्वाय र दिव्या अभिनीत ‘बेहुली’ को सुटिङ

सकियो कुलब्वाय र दिव्या अभिनीत ‘बेहुली’ को सुटिङ

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १५:१५, काठमाडौँ

फिल्म ‘बेहुली’ को छायांकन सकिएको छ। दुई वटा गीतको सुटिङ बाँकी राख्दै ४५ दिनको अवधिमा फिल्मको सुटिङ ‘इन्ड क्ल्याप’ गरिएको हो।  

यस फिल्ममा पारस बम ठकुरी (कुलब्वाय), दिव्या रायमाझी र  शुशान्त कार्कीको मुख्य भूमिका रहेको छ। फिल्म आगामी जनै पूर्णिमाको शुभ अवसर पार्दै भदौ १२ गते रिलिज हुँदै छ। 

फिल्मा कुलब्वाय र दिव्याको जोडीलाई लिएर दर्शकमा पहिलेदेखि नै चर्चा छ। ‘होस्टेल-३’ बाट चलचित्र यात्रा शुरू गरेका कुलब्वाय यसपटक एउटा परिपक्व प्रेमकथामा दिव्यासँग स्क्रिन शेयर गर्दै छन्। दुवैको स्क्रिन केमेस्ट्री कस्तो रहला भन्ने कुराले दर्शकमाझ उत्सुकता जगाएको छ।

चर्चित सङ्गीतकार अर्जुन पोखरेल पहिलो पटक निर्माता रहेको फिल्ममा सशान कँडेलको निर्देशन रहेको छ। फिल्मको कथा माधव शर्माले लेखेका हुन्।

सुपरहिट ‘होस्टेल-३’ मा पनि निर्देशक कँडेल र लेखक शर्माले सहकार्य गरिसकेका छन्। जुन फिल्म बक्सअफिसमा हिट भएको थियो। 

यस फिल्ममा पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दिपक गौली, विमल यादव, अबिरल श्रेष्ठ, सबिन कट्टेल र समायरा थापा मगरलगायतको अभिनय छ। नरेन्द्र मैनालीको छायाङ्कन (डीओपी) रहने चलचित्रलाई विकास दाहालले सम्पादन गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad