कला


बलेलाई निकालेपछि ‘पाँच पाण्डव’मा जोडिए सुशील सिटौला

बलेलाई निकालेपछि ‘पाँच पाण्डव’मा जोडिए सुशील सिटौला

नेपालखबर
चैत ३०, २०८२ सोमबार १३:१८, काठमाडौँ

फिल्म ‘पाँच पाण्डव’मा नयाँ कलाकारको प्रवेश भएको छ। छायांकन भइरहेको यस फिल्ममा कलाकार सुशील सिटौला जोडिएका हुन्। 

कलाकार सागर लम्साल (बले) को ठाउँमा सुशील भित्रिएका हुन्। १० दिनअघि मात्रै बलात्कारको आरोप लागेपछि बलेलाई फिल्म ‘पाँच पाण्डेव’बाट निष्कासित गरिएको थियो। 

‘उहाँ (सुशील सिटौला) मुख्य भूमिकामध्ये एकमा अनुबन्ध हुनु भएको छ‍। पाँच पाण्डवमध्ये एकको भूमिकामा काम गर्नु हुनेछ,’ चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठले भने, ‘हामीले खोजेस्तै अब्बल कलाकार हाम्रो चलचित्रमा भित्र्याएका छौँ ।’

उनले अब हरिवंश आचार्यलगायत कलाकारसँग स्क्रिन सेयर गर्नेछन्। यो चलचित्रमा केही समयअघि भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरी पनि भित्रिएका थिए ।

वसन्त निरौला निर्देशनमा बनिरहेको फिल्मको गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन थालिएको हो। यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ काम गरिरहेका छन् ।

फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा देखिने छन्। यस्तै सिनेमामा दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया लगायतको पनि मुख्य भूमिका रहने छ।

चलचित्र ‘पाँच पाण्डव’ ‘सोसल ड्रामा’ भएको लेखक सुशील पौडेलले बताए। उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

प्रस्तुतकर्ता नवीन श्रेष्ठले यसअघि गतवर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए ।

चचलचित्रको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिनेछ । झापाको सेड्युल सकिएपछि टोलीले अन्य स्थानको लागि यात्रा तय गर्ने निर्देशक निरौलाले बताए ।

सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेक  यो चलचित्रलाई श्याम तामाङले खिचिरहेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad