खेल


कराते स्टार एरिकालाई विमानस्थलमा स्वागत (तस्बिरहरू)

कराते स्टार एरिकालाई विमानस्थलमा स्वागत (तस्बिरहरू)

सबै तस्बिर: सरोज शाही/नेपालखबर


सरोज शाही
चैत ३०, २०८२ सोमबार १३:२८, काठमाडौँ

कराते वान प्रिमियर लिग २०२६ मा रजत पदक जितेकी कराते स्टार एरिका गुरुङ सोमबार स्वदेश फर्किएकी छन्। 

रजत पदक विजेता एरिका, प्रशिक्षक कुशल श्रेष्ठ र व्यवस्थापक रवि महर्जनलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। 

आइतबार चीनको लेसानमा महिला ६८ केजी तौल समूहमा एरिकाले रजत पदक हात पारेकी थिइन्। एरिका फाइनलमा कजाकस्तानकी सोफिया बेर्लुत्सेभासँग २-१ ले पराजित भएपछि रजत पदकमै सीमित बनिन्। 

त्यसअघि शनिबार भएको सेमिफाइनलमा एरिकाले इटलीकी फेराकुटी क्लियोलाई ८-३ ले हराउँदै फाइनलमा स्थान पक्का गरकी थिइन्। क्वार्टरफाइनलमा स्लोभेनियाकी जिब्रेत जालालाई ८-० ले हराउँदै सेमिफाइनलमा पुगेकी थिइन्। समूह चरणको तीन खेल जित्दै एरिकाले क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन्।

एरिकाले यसअघि इस्तानबुलमा भएको प्रिमियर लिग वानमा पनि सोफियासँग नै पराजित हुँदै रजत पदकमा सिमित बनेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad