फिल्म ‘धुरन्धर’ र यसको सिक्वेल ‘धुरन्धर: द रिभेन्ज’ मा पटकथा चोरीको आरोपमा फिल्म निर्माता सन्तोष कुमारलाई बम्बई उच्च अदालतले राहत दिएको छ। बुधबार अन्तरिम आदेश जारी गर्दै फिल्म ‘धुरन्धर’ र यसको सिक्वेल ‘धुरन्धर: द रिभेन्ज’ मा पटकथा चोरीको आरोप दोहोर्याउन वा फिल्मका निर्देशक आदित्य धर विरुद्ध कुनै पनि मानहानीपूर्ण बयान दिनबाट अस्थायी रूपमा रोक लगाएको हो।
आदित्य धरले दायर गरेको मानहानी मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश आरिफ एस. डाक्टरको इजलासले यो फैसला सुनाएको हो। यो आदेश अप्रिल १६ सम्म लागू रहनेछ।
अदालतले सन्तोष कुमारलाई सूचना दिइएको तर उनको तर्फबाट कोही पनि उपस्थित नभएको बार एण्ड बेन्चले जनाएको छ। आदेशमा कुमारले अर्को सुनुवाइ नभएसम्म यस्ता शब्दहरू दोहोर्याउनबाट टाढा रहनुपर्ने उल्लेख गरिएको छ।
यो आदेश सन्तोष कुमारमा मात्र लागू हुनेछ। अप्रिल १६ सम्म लागू रहनेछ, जब मुद्दाको अर्को सुनुवाइ हुनेछ।
सन्तोष कुमारले पत्रकार सम्मेलनमा ‘धुरन्धर’ र ‘धुरन्धर: द रिभेन्ज’ फिल्मको कथा २०२३ मा दर्ता भएको उनको स्क्रिप्ट ‘डी साहेब’ बाट चोरी गरिएको दाबी गरेका थिए।
आरोप लागेपछि आदित्य धरले कुमारलाई कानुनी सूचना पठाएर आरोपहरूको खण्डन गर्दै भविष्यमा यस्ता टिप्पणी नगर्न चेतावनी दिए।
सूचनाको कुनै जवाफ नपाएपछि धरले निषेधाज्ञा र क्षतिपूर्तिको लागि उच्च अदालतमा निवेदन दिए। उनका वकिल, वीरेन्द्र सराफले अदालतमा कुमारको भनाइ मानहानिपूर्ण र उनको प्रतिष्ठामा हानि पुर्याउने भएको तर्क गरे।
सुनुवाइको क्रममा अदालतले कथित मानहानिपूर्ण टिप्पणीहरू व्यापक रूपमा साझा गरिएको उल्लेख गर्यो। यसैको आधारमा, अदालतले सीमित अन्तरिम राहत दिने निर्णय गरेको हो।
Shares

प्रतिक्रिया