राजनीति


उपसभामुखमा राप्रपालाई रास्वपाको समर्थन

उपसभामुखमा राप्रपालाई रास्वपाको समर्थन

नेपालखबर
चैत २६, २०८२ बिहिबार १३:२१, काठमाडौँ

प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राप्रपालाई समर्थन गर्ने भएको छ। 

बिहीबार रास्वपा र राप्रपाबीच भएको छलफलमा सहमति जुटेको राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए। ‘रास्वपाले राप्रपालाई समर्थन गरिसक्यो,’ शाहीले भने। 

यसअघि चैत २१ गते पनि रास्वपा सभापति लामिछाने र राप्रपा संसदीय दलका नेता शाहीबीच भेटवार्ता भएको थियो। लामिछानेको निवासमा भएको भेटवार्तामा पनि उपसभामुखलाई लिएर छलफल भएको थियो। 

प्रतिनिधि सभाको उपसभामुखका लागि बिहीबार दिउँसो २ बजेसम्म उम्मेदवारीको समय तोकिएको छ। उपसभामुखका लागि शुक्रबार प्रतिनिधि सभामा निर्वाचनको कार्यक्रम तय गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad