रन्धिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्म ‘कुम्भ’ आगामी जेठ १५ गतेदेखि रिलिज हुने भएको छ। लामो समयदेखि म्युजिक भिडिओ निर्देशन तथा चलचित्र छायांकनमा सक्रिय श्रेष्ठले यस फिल्ममार्फत एक्सन-लभ स्टोरी प्रस्तुत गरेका छन्।
ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘कुम्भ’ नेपाली र हिन्दी दुवै भाषामा रिलिज गरिने जनाइएको छ। चलचित्रमा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय रहेको छ।
यस नवनायक अशोक आर्यन, वरिष्ठ कलाकारहरू सुनिल थापा र सुशील पोखरेलका साथै रोहित रुम्बा, अफ्सना थापा र सृष्टि खड्काको मुख्य अभिनय रहेको छ। चलचित्रको नेपाल र साउथ इन्डियामा छायांकन गरिएको चलचित्रमा साउथ इन्डियाका थुप्रै कलाकारको अभिनय रहेको छ।
चलचित्रको छायांकन निर्देशक श्रेष्ठ स्वयंले गरेका हुन्। संजय थापा द्वन्द्व निर्देशन रहेको फिल्मको निर्माणमा रन्धिर श्रेष्ठ र राजेश साह संलग्न छन्। फिल्मको पहिलो गीत यही शुक्रबार सार्वजनिक गरिने र त्यससँगै प्रचार–प्रसार अभियान सुरु गरिने निर्देशक श्रेष्ठले जानकारी दिए।
अब यो फिल्म ‘रोल नं १’ सँग भिड्नेछ। किनकी सोही दिनको लागि यसअघिनै मिति तोकिसकेको छ।
Shares

प्रतिक्रिया