‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’को अपार सफलतापछि सारिका घिमिरेले ‘गुन भुल्यौ-२’ ल्याएकी छिन्। सार्वजनिक ‘गुन भुल्यौ-२ साइला दाइ’ गीतमा सारिकाकै शब्द, संगीत र स्वर सुन्न सकिन्छ।
नोज परियारको मिक्सिङ तथा माष्टरिङ रहेको छ गीतको भिडिओलाई केशवराज भट्टको निर्देशन रहेको छ। प्रेमविछोडको पीडा समेटिएको गीतको भिडिओमा सारिका, सौर्य तिरुवा र जेरी भण्डारीको अभिनय छ।
गीतको भिडिओमा करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन छ। ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’ले जस्तै ‘गुन भुल्यौ-२ साइला दाइ’ले पनि सबैको माया पाउनेमा आशावादी छिन्।
गीतमा आफूले माया गरेको मान्छे, आफूले गुन लगाएको मान्छेले भुल्दै गएको पीडा व्यक्त गरिएको छ। भुलेर जाने मायालाई सारिकाले गीतमार्फत गुनासो गरेकी छिन्।
गायन, मोडलिङ, अभिनय र सिर्जनाको यात्रामा डेढ दशकदेखि सक्रिय सारिकाको पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल भएकी छिन्।
Shares

प्रतिक्रिया