सागर लम्साल (बले) को मुख्य अभिनय रहेको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ रिलिज मिति स्थगित भएको छ।
चैत २७ गतेदेखि प्रदर्शन हुने भनिएको यो फिल्म अब उक्त मितिमा रिलिज नहुने निर्माण टिमले जनाएको छ।
यस फिल्मको एउटा गीत अझै छायांकन हुन बाँकी छ। तर, बुझिएअनुसार कलाकारले समय नदिँदा छायांकन हुन सकेको छैन।
निर्देशक गिरीले केही दिनअघि कलाकारले प्रमोसनमा समय नदिएको गुनासो गर्दै स्टाटस समेत लेखेका थिए। फिल्मका मुख्य अभिनेता सागर भने यतिबेला फिल्म ‘पाँच पाण्डव’ को छायांकनमा छन्।
अब चैत २७ मा विराज भट्टको फिल्म ‘राम नाम सत्य’ मात्रै प्रदर्शनमा आउनेछ। ‘डल्लेले इन्ट्री मार्यो’ सहित सोही मितिमा आउने भनिएको रेखा थापाको फिल्म ‘३६ को आँकडा’ पनि पछि हट्दा ‘राम नाम सत्य’ लाई फाइदा पुग्ने देखिन्छ।
वैशाख १ गतेबाट भने तुलसी घिमिरे निर्देशीत फिल्म ‘पहाड’ रिलिज हुँदैछ।
Shares

प्रतिक्रिया