कला


तोकियो नीताको फिल्म ‘पार्वती’को प्रदर्शन मिति

तोकियो नीताको फिल्म ‘पार्वती’को प्रदर्शन मिति

नेपालखबर
चैत १५, २०८२ आइतबार १७:१९, काठमाडौँ

नीता ढुङ्गाना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ छायांकन यहीँ चैत २४ गतेबाट सुरु हुँदै छ।

यसैबीच, छायांकन सुरू नहुँदै निर्माणटिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकेको छ। यो फिल्म आगामी भदौ १२ गतेबाट प्रदर्शन हुनेछ। 

‘हामी यहीँ चैत २४ गतेबाट फिल्मको छायांकनमा निस्किँदै छौँ। र हामीले वितरक तथा सबैसँगको सल्लाह अनुसार फिल्मलाई आगामी भदौ १२ गतेबाट रिलिज गर्ने घोषणाको तयारीमा पनि छौँ,’ नीताले भनिन्। 

यो फिल्म नीताकै निर्देशनमा बन्नेछ। यस फिल्ममा नीतासहित दीपाश्री निरौला,अशोक दर्जी,सिरु बिष्ट,राधिका कँडेल,राज पंगेनी शर्मा,राजेन्द्र नेपाली,आशा पौडेल लगायतको अभिनय रहनेछ।

निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदिप बरालको डिओपी रहेको यस फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन्। सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन्। उनी पहिलो पटक यस फिल्ममा क्रियटिभ निर्देशकका रुपमा काम गर्न लागेका हुन्।

यस फिल्ममा प्रोडक्सन शंकर पाण्डेले हेर्दैछन् पनि कार्यकारी निर्माता पनि उनै रहेका छन्। फिल्मको सम्पादन साहिल खानको रहने छ भने यस फिल्मको पोस्टर डिजाइन् रोयल भिमसेनको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad