कला


किन स्थगित गरियो ‘रामायण’ को ट्रेलर रिलिज?

किन स्थगित गरियो ‘रामायण’ को ट्रेलर रिलिज?

नेपालखबर
साउन ८, २०८३ शुक्रबार १३:१९, काठमाडौँ

बहुप्रतिक्षीत भारतीय फिल्म ‘रामायण’ ले विश्वभरिबाट चर्चा पाइरहेको छ। फिल्मको ट्रेलर शुक्रबार विश्वव्यापी रूपमा रिलिज हुने तालिका थियो। तर, ट्रेलर रिलिज हुनुभन्दा केही घण्टाअघि निर्माण टिमले स्थगित गरेका छन्। 

नमित मल्होत्राले प्रेस विज्ञप्ति निकाल्दै फिल्मको ट्रेलर रिलिज स्थगित भएको घोषणा गरेका हुन्। उनले भने, ‘आज हाम्रो रामायणको लागि एकदमै विशेष दिन हो। सोनी पिक्चर्स इन्टरटेनमेन्टसँगको हाम्रो साझेदारीले रामायणलाई विश्वव्यापी रूपमा पुर्‍याउने मेरो सपनालाई वास्तविकतामा परिणत गरिरहेको छ।’  

भारतमा चलिरहेको विद्यार्थी आन्दोलनका कारण ट्रेलर सार्वजनिक गर्न नसकेको उनको भनाइ छ। यद्यपि, निर्माताहरूले अर्को मिति खुलाएका छैनन्।

‘रामायणका सबै प्रशंसक र शुभचिन्तकप्रति म आभारी छु जसले यो सम्भव बनाउन मद्दत गर्नुभयो। हाम्रो देशका युवा हाम्रो भविष्य हुन्। आउनुहोस्, हामी सबै एकसाथ आऔं र हाम्रो भविष्य सुरक्षित गर्न सक्दो प्रयास गरौं,’ उनले भनेका छन्।

भारतमा विद्यार्थीले पेपर लिकको विरोधमा प्रदर्शन गरिरहेका छन्। जहाँ फिल्म स्टारहरू पनि विद्यार्थीको साथमा उभिएका छन् र समर्थन गरिरहेका छन्। नमित मल्होत्राले विद्यार्थीको प्रदर्शनका कारण फिल्मको ट्रेलर रिलिज पनि स्थगित गरेको बताएका छन्। 

नितेश तिवारी निर्देशित यस फिल्ममा रणवीर कपुर रामको भूमिकामा देखिनेछन्। यस फिल्ममा रणवीरसहित साई पल्लवी, यश, सन्नी देओल मुख्य भूमिकामा छन्। साथै फिल्ममा अरुण गोविल, लारा दत्ता, काजल अग्रवाल, विवेक ओबेरोय, रकुल प्रीत सिंहलगायतको अभिनय रहेको छ। ‘रामायण’को पहिलो भाग तिहारमा रिलिज हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad