बिहे गरेसँगै भारतीय अभिनेत्री रश्मिका मन्दना र अभिनेता विजय देवरकोन्डा निकै चर्चामा छन्। यसैबीच उनीहरूको नयाँ फिल्म ‘रणबाली’ को पहिलो लुक र गीत सार्वजनिक गरिएको छ।
फिल्म निर्माण पक्षले रश्मिका र विजयको वैवाहिक जीवनको सुरूआतलाई विशेष रूपमा स्मरण गर्दै पहिलो गीत रिलिज गरेको जनाएको छ। निर्माण टिमले यो गीतलाई नवविवाहित जोडीप्रति समर्पित विशेष उपहारका रूपमा प्रस्तुत गरेको हो। सार्वजनिक गीतको हिन्दी संस्करणको गीतको बोल ‘ओ मेरे साजन ’ रहेको छ। गीतमा श्वेता मोहन, जावेद अलीको स्वर सुन्न सकिन्छ।
गीतमा भिडिओमा रश्मिका र विजयबीचको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ। बिहेपछिका रोमान्टिक पलहरु भिडिओमा प्रस्तुत गरिएको छ।
मिथ्री मुभी मेकर्स प्रोडक्सन गुलशन कुमार, भूषण कुमार र टी–सिरीजको प्रस्तुति रहेको फिल्मका निर्देशक राहुल सांकृत्यान हुन्। यो फिल्म आगामी ११ सेप्टेम्बरदेखि रिलिज हुँदैछ।
Shares

प्रतिक्रिया