फागुन २९ गतेबाट रिलिज हुने फिल्म ‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ।
यो गीतमा गायिका प्रीति कौरले स्वर दिएकी छन्। शब्द रोशन मिराज, केएम जोशी र गायिका कौरका हुन्। एरेन्ज, मिक्सिङ, मास्टरिङ र संगीत जोशीको हो।
सार्वजनिक गीतको भिडिओमा रोशनी कार्की र जीवन भट्टराई फिचर्ड छन्। अन्य कलाकारहरू उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौलालगायतका फिल्मका दृश्यहरू गीतको भिडिओमा समावेश गरेर निर्माण पक्षले कथाबारे जानकारी दिन खोजेको छ।
गीतको भिडिओमा रोशनी र जीवनको द्वन्द्व-रोमान्स देख्न सकिन्छ। रोशनीको चरित्रको यौन व्यवसायको पाटो र उनी मानसिक रूपमा विक्षिप्त भएको भिडिओमा देखिन्छ।
रोशन मिराजको लेखन-निर्देशनमा बनेको यस फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलालगायतको अभिनय रहेको छ।
फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्। नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ।
अहिलेको अवस्थामा प्रतिनिधि सभा चुवानपछिको पहिलो प्रदर्शन मिति फागुन २९ मा हलमा लाग्ने ‘लालिमा’ एक मात्रै फिल्म हो।
Shares

प्रतिक्रिया