फागुन २९ गते प्रदर्शन हुने फिल्म ‘लालिमा’को टिजर सार्वजनिक भएको छ। निर्माण पक्षले ओएसआर युट्युब च्यानलमार्फत् टिजर सार्वजनिक गरेको हो।
टिजरमा फिल्मकी मुख्य अभिनेत्री रोशनी कार्की फिचर्ड छिन्। टिजरमा उनी कोठाभित्र मानसिक समस्यामा परेर छट्पटाइरहेको दृश्य देख्न सकिन्छ। टिजरमा फिल्मको कथा सस्पेन्स राखिएको छ ।
‘लालिमा’का लेखक तथा निर्देशक रोशन मिराजका अनुसार यो फिल्म तीन हजार यौनकर्मीको जीवनमा आधारित भएर बनेको हो।
फिल्ममा रोशनीसहित शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलालगायतको अभिनय रहेको छ।
फेथ आस्थाले निर्माण गरेको यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन्।
72
Shares

प्रतिक्रिया