सर्लाहीको लालबन्दी घर भई भारतमा अध्ययन गरिरहेका अमन अधिकारीले आफ्नै जीवन संघर्ष उतारेर सर्ट फिल्म बनाएका छन्।
अध्ययन सँगसँगै नृत्य र फिल्म निर्माण सिकेका उनले ‘गड्स प्लान’ नामको सर्ट फिल्म तयार पारेका हुन्।
यो फिल्म उनले ‘Aman Adhikari’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।
फिल्म वास्तविक घटनाबाट प्रेरित भई निर्माण गरिएको दाबी उनले गरेका छन्।
फिल्ममा नृत्य, निर्देशन तथा कथा वाचन स्वयं अमन अधिकारीले नै गरेका छन्।
फिल्ममा सपना देखेर मात्र हुँदैन, त्यसका लागि निरन्तर मेहनत, धैर्य र आत्विश्वास चाहिन्छ भन्ने सन्देश छ।
हेर्नुहोस् भिडिओ
417
Shares

प्रतिक्रिया