राजनीति


हामी कसैसँग गठबन्धन नगरी चुनाव जित्दैछौँ: प्रचण्ड

हामी कसैसँग गठबन्धन नगरी चुनाव जित्दैछौँ:  प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
माघ २२, २०८२ बिहिबार ११:२, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले चुनावमा कसैसँग गठबन्धन नहुने स्पष्ट पारेका छन्। 

आज बिहान नेकपाको केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नहुने स्पष्ट पारेका हुन्। 

‘चुनावमा उहाँले कुनै पनि पार्टीसँग अब नेकपाले तालमेल नगर्ने स्पष्ट पार्नुभयो,’ बैठकमा सहभागी नेकपाका नेता लीलामणि पोखरेलले नेपालखबरसँग भने, ‘हामी कुनै पनि पार्टीसँग तालमेल नगरी पहिलो पार्टी बन्दैछौँ भन्ने कुरा उहाँले गर्नुभयो।’

प्रचण्डले कुनै पनि पार्टीका नाम नलिइ जनताबाट अस्वीकृत र तिरस्कृतहरूसँग गठनबन्ध नगर्ने नीति आफ्नो पार्टीले लिएको बताए। ‘अहिलेसम्मको चुनाव प्रचारको ‘ट्रेन्ड’ हेर्दा हामी अरु दलभन्दा अगाडि छौँ,’ सम्बोधनको क्रममा प्रचण्डले भनेका छन्, ‘हाम्रा उम्मेदवारले जनताबाट रेस्पोन्स पाइरहेका छन्। चुनाव हामी जित्दैछौँ।’

नेकपाका सहसंयोजक माधवकुमार नेपालले पनि बैठकलाई सम्बोधन गरेका थिए। 

जुम बैठक करिब एक घण्टासम्म चलेको थियो। बैठकमा देशभरबाट पार्टीका  केन्द्रीय सदस्यहरु सहभागी भएका पोखरेलले बताए। 

प्रचण्डले बागलुङमा मात्रै नेकपाले राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको बताए।

बागलुङ १ मा राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारीले उम्मेदवार दर्ता गराएका छन् भने २ नम्बरमा नेकपाका ज्ञाननाथ गैरे उम्मेदवार बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad