अर्जुन घिमिरे (पाँडे)को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले बक्सअफिसमा १ करोडको आँकडा पार गरेको छ।
चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टअनुसार १ करोड १२ लाख ३८ हजार कमाइ गरेको हो।
पुस ४ गतेबाट प्रदर्शनमा आएको यो फिल्म चौथो सातामा प्रदर्शनरत छ। गत शनिबारसम्म अर्थात २२ दिनसम्म फिल्मका ३५ हजार ८४२ टिकट बिक्री भएका छन्।
यस फिल्मका लागि मेयर बालेन शाहले र्याप समेत गाएका थिए। साथै उनले फिल्मको प्रचारप्रसारमा समेत सहयोग गरेका थिए। तर, फिल्मले अपेक्षाअनुसार व्यापार गर्न सकेन।
यस फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य, बिमोचन दवाडी, जेसिका पोखरेल, प्रकाश घिमिरेलगायत कलाकारहरूको अभिनय छ।
69
Shares

प्रतिक्रिया