नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन हुन नदिने बताएका छन्।
सोमबार आफू पक्षका नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूले पार्टी जोगाउन कोशिस गरिरहेको र पार्टी जोगाएरै छोड्ने बताए।
कोइरालाले भने,‘पार्टी जोगाउन कोशिस गर्दैछु। पार्टी जोगिन्छ। त्यो चिन्ता नगर्नुस्। मेरो एउटै चिन्ता पार्टी फुट्न हुँदैन, र म फुट्न दिन्नँ। समन्वय गरिकन मिलाएर लगिन्छ, एकढिक्का बनाएर लैजान्छु।’
यता, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले भने विशेष महाधिवेशन शुरु गरिसकेका छन्। सोमबारबाट बन्दसत्रको कार्यक्रम पनि चालु छ। यद्यपि संस्थापन पक्षले यसबारे कुनै चासो देखाएको छैन।
435
Shares

प्रतिक्रिया