फिल्म ‘पीआर’ ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडिओ’मार्फत प्रसारण भएको छ।
बिहीबार (आज) देखि एमएसएम भिडिओमार्फत प्रसारण गरिएको छ।
गत मंसिर २६ देखि प्रदर्शनमा आएको यो फिल्म हलमा हेर्न नपाएका दर्शकका लागि डिजिटल प्लेटफर्ममार्फत हेर्ने अवसर दिइएको हो।
शोभित बस्नेतको निर्देशनमा निर्माण भएको यस फिल्ममा नेपालबाट अस्ट्रेलिया पुगेका युवाहरूको सपना स्थायी आवासीय पत्र (पीआर) का लागि गर्ने संघर्ष देखाइएको छ।
फिल्मको अधिकांश सुटिङ अस्ट्रेलियामा गरिएको छ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू , कृष्ण थापा नवीन घायल प्रमुख भूमिकामा छन्।
विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।
रञ्जित साह र सन्तोष तिवारीको प्रस्तुति रहेको फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्।
बन्दे प्रसादले सम्पादन गरेको फिल्म गणेश बुढाथोकीले लेखेका हुन्।
फिल्म आरआर फिल्म्स्ले वितरण गरेको छ।
Shares

प्रतिक्रिया